बाबु कृष्ण परियारको मौलिक सालैजो बनमा पात बजाउँदै – भिडियो सहित

काठमाण्डौ । नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विद्याका गीत मध्य साजैलो पनि पर्दछ । विशेष त धौलागिरीलाई उत्पति थलोको रुपमा लिइने साजैलो लोपनै हुने अबस्थामा रहेको छ ।

लोप हुन लागेको यहि विद्याको गीत भर्खर मात्र सार्वजनिक भएको छ । बाबु कृष्ण परियार र कोपिला रनपालको आवाज रहेको सो गीतमा नरशे बोहोराले शब्द कोरेका छन भने बाबु कृष्ण परियारले लय सिर्जना गरेका छन ।

आदित्य पुन र रामु जिसी कमलको निर्देशन रहेको सो गीतमा आदित्य पुन र करुणा खातीको अभिनय रहेको छ ।

गीतलाई बाबु कृष्ण परियारको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया