लामो समय देखि बन्द भएको मनकामना मन्दिर खुल्ने

काठमाडौ । विश्वमा कारोना भाइरसको संक्रमण फैलिएको करिव एक बर्ष पुगेको छ । यो अबधिमा विश्वका अधिकांस क्षेत्र ठप्प जस्तै भए ।

यस्तै ठप्प हुने मध्यमा धार्मिकस्थलहरु पनि पर्दछन । हजार्रौ भक्तजनले दैनिक पुजापाठ गर्ने मठमन्दिरमा एक बर्ष पुरै सुनसान भयो । अहिले विश्व लगाए नेपालमा समेत कोरोना महामारि केहि हदसम्म भए पनि घट्दै गइरहेको देखिएको छ ।

त्यसैले अहिले विभिन्न ठाँउका धार्मिकस्थलहरु खुल्न थालेका छन । पुस १ गतेबाट पशुपतिनाथ मन्दीर खुल्ने समाचार आएसँगै प्रसिद्ध मनकामना मन्दिर पनि भक्तजनको लागी यहि मंसिर २८ गतेबाट खोल्ने तयारी ब्यवस्थापनले गरेको छ ।

स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पुरा गरि मन्दीर खोल्न लागिएको ब्यवस्थापन समितिले जनाएको छ । मनकामना क्षेत्र विकास समितिको आयोजनामा सराकारवालाहरुसँग छलफल गरि मन्दिर र केवलकार खुलाउने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया