सहकारी अभियान्ता ढकाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार नियुक्त

काठमाडौं–सहकारी अभियान्ता चन्द्र ढकाल नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिको सल्लाहकार नियुक्त भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष रहेका ढकाललाई नेपाल ट्रेड युनियन कांग्रेसले सहकारी विज्ञताका आधारमा सल्लाहकारमा मनोनित गरेको हो ।

ढकाल नेपाली कांग्रेस वित्त तथा सहकारी समन्वय विभागका सदस्य, नेपाली कांग्रेस नवलपरासीका जिल्ला सदस्य, नेसनल कोअपरेटिभ एलाइन्सका महासचिव हुन् । महेन्द्र नारायण निधि अस्पतालका सञ्चालक समेत रहेका ढकालले नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघको सञ्चालकका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया