दुई करोड ‘बार्गेनिङ’को अडियो टेप बाहिरिए पछि सिइओद्वारा राजिनामा

काठमाडौं–नेपालका हरेक क्षेत्रमा भ्रष्टाचार भैरहेको समाचार आइरहेका बेला फेरी एक ठूलो डिल (भ्रष्टाचार गर्ने मनसायले गरिएको अफर)को अडियो सार्वजनिक भएको छ । एक जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृतलाई योजनामा दुई करोड रुपैयाँ अफर गरेको ‘बार्गेनिङ’अडियो रेकर्ड सार्वजनिक गरे पछि आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजिनामा दिएका हुन् ।

मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेलाई चिनियाँ ठेकदार कम्पनीका दोभासेले दुई करोड रुपैयाँ अफर गरेको अडियो बाहिर आएपछि काफ्लेले पदबाट राजिनामा दिएका छन् । मध्य भोटेकोसी आयोजना निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले सिइओ काफ्लेलाई दुई करोड दिने भनेको अडियो सार्वजनिक भएको इकाजले लेखेको छ ।

काफ्लेले बिहीबार मध्य भोटेकोसी कम्पनीको व्यवस्थापनसमक्ष दिएको राजीनामा स्वास्थ्यको कारण देखाएको कम्पनीले जनाएको छ । ग्वाङ्सीका भोटेकोसीको सिभिल ठेकेदार कम्पनी हो । मध्यभोटकोसी चिलिमेको सहायक कम्पनी हो । आयोजना प्रमुख सुनिल लामा र सीइओ काफ्लेबीचको विगतदेखि विवाद हुँदै आएको थियो ।

मध्य भोटेकोसी सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माणाधिन छ । मध्य भोटेकोसीमा विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्र्धक कम्पनीको कर्मचारीहरुको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत शेयर लगानी रहेको छ । आयोजनाको लागत १४ अर्ब ८४ करोड रुपैयाँ भन्दा माथि पुगेको छ ।

प्रतिक्रिया