कोरोना विरुद्ध रुसमा धमाधम खोप लगाउँदै, नेपालमा कहिले ?

काठमाडौं–कोभिड–१९को कारण मानव सभ्यतामा समस्या सृजना भएका बेला विकसित मुलुकहरुले धमाधम कोरोनाका भाइरस बनाइरहेका बेला रुसले परीक्षण सफल गरेर आफ्ना नागरिकलाई लगाउन सुरु गरेको छ । रुसका वैज्ञानिकले गरेको परीक्षणमा सफल भएपछि समुदाय स्तरमा खोप लगाउन थालेको हो ।

अहिले रुसको मस्कोमा भ्याक्सिन लगाउन सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उमेर र जोखिम समूहलाई प्राथमिकता राखेर खोप लगाएको छ ।

४२ दिनभित्र भ्याक्सिन अभियान पूरा गर्ने लक्ष्यसहित काम गरेको छ । कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने रुस पहिलो मुलुक हो । रुसले गेमिलियाले स्पुतनिक भी नामको भ्याक्सिन विकास गरेको छ । उच्च जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेको छ ।

विकसित मुलुकले खोप तयार गरेर परीक्षण गर्न सुरु गरे पछि नेपालमा पनि तयारी सुरु भएको छ । कोरोनाविरुद्धको भ्याक्सिन भण्डारणदेखि व्यवस्थापन गर्न सरकारले काम सुरु गरेको छ ।

भ्याक्सिन आयात गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गरेको छ । भ्याक्सिन ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचानलगायतको काम गर्न आठवटा समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

भ्याक्सिन आएपछि जोखिम क्षेत्रमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयले प्राथमिकता तोकेको छ । मुलुकलाई आवश्यक पर्ने खोप एकै पटक नआउने भएपछि पहिलो चरणमा जति खोप आउँछ त्यो स्वास्थ्य क्षेत्रमा खटिने व्यक्ति व्यक्ति, अत्यावश्यक सेवामा काम गर्दा दूरी कायमसमेत नगरी सेवामा खटिनुपर्ने व्यक्ति, सफाइ कर्मचारीलाई लगाइने तयारी छ ।

डब्लूएचओ, गाभी र सेपी जस्ता संस्थाहरूको विश्वव्यापी कोलाब्रेसन ‘कोभ्याक्स’ मार्फत प्राप्त हुने २० प्रतिशत भ्याक्सिनमध्ये सुरुमा तीन प्रतिशत अर्थात् नौ लाख जनसंख्यालाई पुग्ने सरकारको अनुमान छ ।

प्रतिक्रिया