सिटिजन्स बैंकले बोनस सेयर दिने

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर धनीलाई बोनस सेयर दिने भएको छ । साधारणसभाले ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । प्रस्ताव अनुसार ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिवार सम्पन्न साधारण सभाले वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८० हजार ३ सय ८३ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५ सय १८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । गत आर्थिक वर्ष ०७६÷७७को वितरण योग्य मुनाफाबाट बोनस बाँड्ने निर्णय गरेको हो

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शनिबार बैंकको केन्द्रिय कार्यालय भवनमा सभा सम्पन्न भएको हो । बैकले गत आर्थिक वर्षको अन्तिमसम्म ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ । ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । सोही अवधिमा १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकका इउक ११ वटा शाखा, ९९ वटा एटिउम र एक सय चार वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई सेवा दिँदै आएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया