प्रभु इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ आउने मिति तय

काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आइपिओे) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि मिति तय भएको छ । प्रभु इन्स्योरेन्सले शनिवार सूचना प्रकाशित गरी मंसिर २९ गतेदेखि सर्वसाधरणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने जनाएको छ । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले एक सय रुपैयाँं अंकित दरमा ६० लाख कित्ता सेयर ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लागनीकोषहरुलाई दिनेछ । बाँकी ५४ लाख कित्ता सर्वसाधारणले पाउने छन् ।

आइपीओ निष्काशन बन्द छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गते हुने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि ५००० कित्ता अर्थात ५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिने छ । १० कित्ताकादरले बाँडफाँड गरिने नीति भएकाले १० कित्ता नै भर्दा उपयुक्त देखिन्छ । सेयर बिक्रीका लागि प्रभु लाइफले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ ।

प्रभु इन्स्योरेन्सको पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ प्रभु इन्स्योरेन्समा प्रभु ग्रुप १२ जना सहित १७४ जना संस्थापक सेयरधनी रहेका छन् । यसका प्रमुख संस्थागत सेयर धनीहरुमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स रहेका छन् ।

प्रतिक्रिया