प्रधानमन्त्री ओलीलाई काउन्टर दिन पचण्ड–नेपाल पक्षीय विद्यार्थीको भेला

काठमाडौं–नेकपा भित्र देखिएको विवाद साम्य होला भन्दा भातृ संस्थातर्फ पनि देखिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर विद्यार्थीको भेला शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

दुई पक्षका विद्यार्थी नेताको अगुवाईमा काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा उपत्यका विशेष कमिटीले भेला आयोजना गरेको थियो । अनेरास्ववियुका संयोजक ऐन महरले गुटगत भेला गरेकाले त्यसलाई चिर्नका लागि शुक्रबारको भेला आयोजना गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए ।

भेलालाई नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् । भेलामा शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताइन् । कार्यक्रममा स्थायी कमिटी सदस्य पम्फा भुसालले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताइन्।

कर्यक्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले थापाथली क्याम्पसबाट भेलाको सुरूआत भएको भन्दै यस्ता भेला देशव्यापी रूपमा हुने बताइन् ।

प्रतिक्रिया