भात खाने प्रवृत्तिले खाद्यान्न आयात बढ्यो–कृषि सचिव डा. कार्की

काठमाडौं–कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले मुलुकका लागि आवश्यक खाद्यान्न स्वदेशमा नै उत्पादन हुने बताएका छन् ।

नेपालको जनसंख्यालाई चाहिने भन्दा १६ लाख टन खाद्यान्न धेरै उत्पादन भए पनि भात खाने प्रवृत्तिले चामल आयात गर्नु परेको बताए । ‘भात खानै पर्ने परम्पराले खाद्यान्न आयात गर्नु परेको छ, मन्त्रालयले अयाोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठी उद्घाटन गर्दै कृषि सचिव डा. कार्कीले भने ।

कार्कीले समयमा बजेट खर्च गरेर परिणाम देखाउन आग्रह गरे । कृषि क्षेत्रमा राम्रा काम भए पनि प्रचार हुन नसकेको बताए । कार्कीले कृषिको आयात प्रतिस्थापन गर्नुपर्ने बताए । कृषि क्षेत्रको नीतिगत सुधार गर्न पहल गर्ने कार्कीले प्रतिवद्धता जनाए । कार्कीले कर्मचारीलाई समयमा काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया