बैंक तथा वित्तीय संस्थाका शाखा ९ हजार ९ सय पुगे

काठमाडौं–सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने घोणाा गरिसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारमा प्राथमिकता दिएका छन् । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बढाउनका लागि शाखा विस्तार गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा ९ हजार ९ सय ३ शाखा पुगेको जनाएको छ । असारसम्म ९हजार ७ सय ६५ शाखा रहेकोमा तीन महिनामा एक सय ३८ शाखा थपिएका छन् । प्रति बैंक शाखा जनसंख्या ३ हजार ७२ बाट घटेर ३ हजार २९ कायम भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका चुक्ता पुँजीे ३ सय ५२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया