ब्रोकर कमिशन घटाउन अन्दोलनको घोषणा

काठमाण्डौ-पछिल्लो समय नयाँ लगानीकर्ताहरुको बजारमा आगमनसँगै शेयर बजार भित्रका केहि सुधारमा काममा पहल सूरु भएको छ ।

यसैक्रममा सेयर खरिदबिक्री बापत दिइने कमिशन घटनान माग गर्दै पुँजी बजारमा लगानीकर्ताहरुले आन्दोलनको तयारी थालेका छन । कारोवार निकै बढ्न थालेको कारण कमिशन घटाउनु पर्ने उनीहरुको माग छ । धेरै लगानीकर्ताहरुले लामो समय देखि कमिशन धेरै भएको गुनासो गर्दै आएका छन ।

आज शुक्रवार लगानीकर्ताहरुको केहि समूहले धितोपत्र बोडमा दबाबमूलक कार्यक्रम गर्ने जनाएका छन । कमिशन घटाउनका लागि पहिलो चरणमा बोर्डको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने लगानीकर्ताहरुको तयारी छ । नेपाल इन्भेष्टर्स फोरमले चर्को कमिसन अविलम्ब घटाउन कडा रुपमा प्रस्तुत हुने जनाएको छ ।

हाल ब्रोकर कम्पनीहरुले ०।६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएका छन् । यसलाई घटाएर ०।२५ प्रतिशत बनाउदा उत्तम हुने लगानीकर्ताहरुको धारणा छ ।

प्रतिक्रिया