अब अर्को बैंकको एटिमएबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं–कोभिड–१९को प्रकोप पछि एउटा बैंकको एटिएमले अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था हट्ने भएको छ ।

कोभिडपछि जनजीवन सामान्य बन्दै गएपछि नेपाल राष्ट्र बैंक अहिलेसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा शुल्क निर्धारण गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै निःशुल्क व्यवस्था हटाएको हो ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतिय भुक्तानी विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । शुल्क निर्धारणका बारेमा राष्ट्र बैंकले कार्यविधि बनाएपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया