सेयर कर्जामा कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केही व्यवस्था खुकुलो बनाएको छ भने केहीमा कडाई गर्ने तयार गरेको छ । बैंकबाट ऋण लिएर समयमा व्याज नतिरेर लिलाम हुने अवस्थामा पुगेकालाई राहात हुने गरी ६ महिना भन्दा धेरै नभएको धितो लिलाम नगर्न भनेको छ ।

यता बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्ने बढिरहेका बेला सेयरको धितो राखेर कर्जा दिने व्यवस्थाको सिमा घटाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयरको धितोमा मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्थालाई बढाएर ७५ प्रतिशतसम्म पु¥याएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अहिले भएको व्यवस्था परिमार्जन गर्ने संकेत गरेको छ ।

सेयर बजारमा लगानीकर्ताको आकर्षण छ । सेयर बजारले नयाँ नयाँ किर्तिमान कामय गरेको छ । सेयर धितो राखेर कर्जा लिएर आवश्यकता भन्दा बढी कारोबार भएको हुन सक्ने आशंकामा राष्ट्र बैंकले सेयर कर्जामा अंकुश लगाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले सेयरधितो कर्जा सम्बन्धि विद्यमान ब्यवस्थामा पुनरावलोकन गर्ने जनाउ दिएका छन् । राष्ट्र बैंकले ब्यक्तिगत अधिबिकर्ष कर्जा, सेयर धितो कर्जा र रियलस्टेट कर्जा सम्बन्धि ब्यवस्थापन पुनरावलोकन गर्ने जनाएको छ ।

कोभिडको कारण अन्य क्षेत्रमा लगानीको जोखिम देखेपछि अहिले सेयर बजारमा लगानीका लागि आकर्षित भएका छन् । बैंकहरुले पनि सेयर र घरजग्गामा लगानी बढाए पछि राष्ट्र बैंकले सेयर र घरजग्गा कर्जामा कडाई गर्न लागेको हो ।

प्रतिक्रिया