नेपालमा दोस्रो पेट्रोलियम पाइपलाइन निर्माण हुने

काठमाडौ–नेपालमा फेरी अर्को पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण गरे डिजेल आयत गरिरहेको अवस्थामा नेपाल आयल निगमले नेपाल–भारतबीच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागेको हो ।

भारत पश्चिम बंगालको सिलिगुडी–झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन निर्माण गर्ने तयारी भएको निगमले जनाएको छ ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनले इन्धनको माग धान्न नसकेको अवस्थामा दोस्रो पाइपलाइन परियोजना अघि बढाउन लागेको नेपाल आयल निगमले जनाएको छ ।

पाइपलाइन परियोजना निर्माण सुरु हुनु अघि संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको टोलीले निरिक्षण गरेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तव नेतृत्वको टोलीमा सांसद भीमसेनदास प्रधान, अमृता अग्रहरि, मायादेवी न्यौपानेलगायतको टोली झापा पुगेर अध्ययन गरिरहेको छ ।
पाइपलाइन निर्माणका लागि प्रक्रिया अघि बढेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द पौडेलले बताए ।

पाइपलाइन विस्तारका लागि सर्भेको काम सकिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललेबताए । करिब ५० किलोमिटर लामो पाइप लाइनको करिब ३५ किलोमिटर भाग भारतीय र १५ किलोमिटर नेपाली भूभागमा पर्नेछ । पाइपलबाट तेल ल्याउन थालेपछि पूर्वमा इन्धन आपूर्ति सहज हुनेछ । ढुवानी भाडा बचत , इन्धन आपूर्तिको सुनिस्चितता हुनेछ ।

प्रतिक्रिया