साताको अन्तिम दिन नेप्सेको ओरालो यात्रा, कारोवार भने उकालो

काठमाण्डौ । साताभरि उछाल आएको नेप्से अन्तिम दिन विहिवार भने दोहोरो अंकले घटेको छ । आज करिव १६ अंकको गिरावटसँगै बजार बन्द भएको छ ।

नेप्से घटे पनि कारोवार रकममा भने बुधवारको तुलनामा बृद्धि भएको छ । आज आठ अर्वको भन्दा धेरेको कारोवार भएको छ । विहिवार लघुवित्त समूहमा चमक आयो भने जलविद्युतमा समेत लगानीकर्ता आकर्षित देखिए । तर साता भरि रौनक आएको विमा समुह भने आज घट्यो । विमा समूह घटे पनि कारोवारको आधारमा हेर्ने हो भने नेपाल पुर्नविमा कम्पनीको सबै भन्दा धेरै कारोवार भयो । उपर तामाकोसी र नेपाल सेवा लघुवित्तको शेयर मूल्या भने सकारात्मक सर्किट लाग्यो ।

कारोवार भएका कम्पनीहरुमा ३६ कम्पनीको मात्र शेयर मूल्यमा बृद्धि भयो भने १ सय ३३ कम्पनीको शेयर मूल्यमा गिरावट आयो । आज २ सय कम्पनीहरुको शेयर कारोवार भएको थियो । जसमा ४ कम्पनीको शेयर मूल्यमा परिर्वतन भएन ।

प्रतिक्रिया