एक महिने छोरी र आमा एकै ठाँउमा मृत फेला,श्रीमान अचेत

काठमाडौं । काठमाण्डौमा आमा छोरी मृत फेला परेका छन भने श्रीमान अचेत अबस्थामा फेला परेका छन ।

घटना हो काठमाण्डौ गोकर्णेश्वरको । गोकर्णेश्वर नगरपालिका–२ मा बस्ने सिन्धुपाल्चोककी पेम्बी शेर्पा र उनकी एक हिनाकी छोरी मृत फेला परेकी हुन । साथै उनका श्रीमान ३२ बर्षीय दोर्जे शेर्पा अचेत अबस्थामा फेला परेका छन । शेर्पाको अहिले उपचार भइरहेको छ ।

प्रारम्भकी अनुसन्धानले हिटर बालेर सुतेका कारण अक्सीजनको कमिले निस्सासिएर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमाना छ । उनीहरुले किराना पसल सञ्चालन गर्दै आएका थिए । स्थानीयले अबेर सम्म पनि नउठे पछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया