नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन,बोनस सेयर दिने

काठमाडौं–नेशनल लाइफ इन्स्योरेन्सले लाभांश परिमार्जन गरेको छ । पहिले घोषणा गरेको लाभांश परिमार्जन गर्दै १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष ०७५÷७६ को लागि वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गर्दै नगद घटाएर बोनसमा वृद्धि गरेको जनाएको छ ।

इन्स्योरेन्सले चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बोनस सेयर लाग्ने कर रकमका लागि ०.५३ प्रतिशत नगद लाभांश दिनेछ ।

इन्स्योरेन्सको सञ्चालक समितिले १५ प्रतिशत नगद लाभांस र २.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको भए पनि अहिले आएर संशोधन गरेर १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार इन्स्यारेन्सले लाभांश परिमार्जन गरेको जनाएको छ ।

प्रतिक्रिया