महासंघले भन्यो– ‘अर्थतन्त्रको पुनरूत्थानका कार्यक्रम आवश्यक’

काठमाडौं–
अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा यस्तो धारणा राखेका हुन् । पौडेलले निजी क्षेत्रसंगको सहकार्यलाई थप मजवुत बनाउने बताए । ‘महासंघसँग नियमित संवाद गर्छौं,’ उनले भने, ‘बजेट र मौद्रिक नीति मार्फत संवोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं ।’

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गरे । ‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ,’ अर्थमन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन ।’

कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको धारणा राखेका थिए । गोल्छाले मुलुुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका कार्यक्रम ल्याउनु पर्ने बताए । गोल्छाले साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजको खांचो रहेको बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव(राजस्व) रामशरण पुडासेनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी थिए ।

प्रतिक्रिया