कर छली विरुद्ध ४१ करोडको मुद्दा,धरहरा बनाउने ठेकदार पनि राजस्व छलीमा

काठमाडौँ– राजस्व अनुसन्धान विभागले तीन कम्पनी र व्यक्ति विरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा कर छल्ने कारोबारी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी गरेको विभागले जनाएको छ ।

झुठो, नक्कली विजक प्रयोग गरी धनुषा, रघुनाथपुरस्थित रमण कन्स्ट्रक्सन प्रालीले राजस्व छली गरेको आरोपमा २० करोड ८७ लाख बिगो बराबरको राजस्व छली मुद्दा दायर गरिएको छ । यो ठेकदार कम्पनीले धरहरा निर्माण गरिरहेको छ ।

पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारी सहित तीन जना विरुद्ध आठ करोड २४ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोप छ ।

त्यसैगरी, दोलखा जिल्ला तामाकोशी गाउँपालिकास्थित पिआरके ट्रेड इन्टरनेशनलका सञ्चालक हुमन (लछुमन) माझीबाट पाँच करोड ५६ लाख रुपैयाँ, बाराको परवानीपुर स्थित मिनजा इन्टरनेशनल प्रालीका सञ्चालक रामबाबु साहानीले दुई करोड करोड १९ लाख बिगो बराबरको राजस्व छली गरेको विभागको आरोप पत्रमा उल्लेख छ । विभागले बिगोसहित कैद सजायको माग दाबी गरेको छ ।

प्रतिक्रिया