माउन्टेन इनर्जीको आइपिओ बाँडफाँड,धेरैको हात खाली

काठमाडौं–माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको प्राथमिक शेयर (आइपिओ) आज बाँडफाँड भएको छ । एक लाख ८३ हजार २६ जना आवेदकले मात्र शेयर पाएका छन् । जुन आवेदन गरेकाहरु मध्ये २८ प्रतिशत मात्र हो । ४ लाख ६८ हजार ५४९ जनाले रित्तो हातमा चित्त बुझाउनु परेको छ ।

आवेदन गर्ने धेरै भउपछि नबिल इन्भेष्टमेन्टले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार आइपिओ बाँडफाँड गरेको हो । कुल ६ लाख ५१ हजार ५७५ जनाले आवेदन दिएकोमा गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

१ लाख ८३ हजार २१ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका हुन् । आईपीओमा ७.६१ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट वितरण गरिएको हो । कम्पनीले दोस्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात (१९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ९८ हजार ४०१ कित्ता र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई बाँडफाँड बाँडफाँड गरिएको थियो ।

कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसका लगानीकर्ता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायत छन् । त्यसैगरी, अन्य लगानीकर्तामा भाटभटेनीका मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायत रहेका छन् ।

प्रतिक्रिया