बैंकमा पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब निक्षेप लिने

काठमाडौं–बैंक तथा वित्तीय संस्थामा धेरै तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले बुधबार(आज) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै २८ दिने निक्षेप संकलन उकरण जारी गर्न लागिएको हो । यसले वित्तीय प्रणालीमा रहेको धेरै तरलता व्यवस्थापन गर्न निक्षेप उपकरण निष्कासन गर्न लागेको हो ।

५० अर्ब रुपैयाँको निक्षेप उपकरणले संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्था हेरेरे निष्कासन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपकर्ताले २८ दिनपछि सावाँ तथा ब्याज भुक्तानी पाउनेछन् । वित्तीय प्रणालीमा करिब दुई खर्ब रुपैयाँको अधिक तरलता रहेको बताइएको छ ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबाट सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख, ग वर्गका वैंक तथा वित्तीय संस्था सहभागी हुन पाउँछन् ।

प्रतिक्रिया