सवा करोड तलब बुझे, आयकर कर ६२ लाख तिरे

काठडाडौं–नेपालको संविधान अनुसार वरियतामा राष्ट्रपति एक नम्बरमा हुन्छन् । तलबका हिसाबले सरकारी निकायमा सबैभन्दा धेरै तलब खाने पनि राष्ट्रपति नै हुन् ।

आम जिज्ञासा हुनसक्छ । मुलुकको राष्ट्रपतिको तलब कति होला ?सम्मान, राजनीतिक पहुँच, दपीय मर्यादा अरु सबै हिसाबले राष्ट्रपतिको छुट्टै गरिमा छ ।
अन्य कुरालाई तुलना गर्न छाडेर मासिक तलबका आधारमा मात्र हेर्ने हो भने राष्ट्रपतिको तलब एक बैंकको प्रमुख कार्यकारी अधिकृतको भन्दा कम हुन्छ ।
नेपालका राष्ट्रपतिको तलब एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ हुन्छ । यसरी हेर्दा वर्षभरीको राष्ट्रपतिको तलब सुविधा दसैंसमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख सात हजार नौ सय तीन रुपैयाँ हुन्छ । तर एउटा बैंकको सिइओले राष्ट्रपतिले लिने तलब भन्दा धेरै तलबको आयकर तिर्छन् ।

यसमा राष्ट्रपतिले पाउने तलब सुविधाबाहेक अन्य कुरालाई तुलना गर्न खोजिएको होइन । राष्ट्रपति पदको गरिमालाई नजर अन्दाज गर्न खोजिएको पनि होइन ।
उदाहरणका लािग सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गत आर्थिक वर्ष एक करोड ३१ लाख रुपैयाँ तलब भत्ता बुझे । तलबभत्ता बुझे बापत सरकारलाई ६२ लाख २८ हजार २२९ रुपैयाँ आयकर तिरेको सिटिजन्स बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सवा करोड बढी तलब बुझ्दा ६२ लाख कर तिरेका हुन् । आयकर कटाएर पोखरेलले एक वर्षमा तलबभत्ता बापत ६९ लाख ६१ हजार सात सय ७१ रुपैयाँ बुझेका छन् । यसमा पोखरेलले पाउने अन्य सुविधा राखिएको छैन । तलबभत्ता बाहेक सवारी चालक, बोनस आदी पाउँछन् । पोखरेलले भन्दा धेरै तलब खाने सिइओ पनि धेरै छन् । नेपालमा अन्य क्षेत्रको तुलनामा बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब आकर्षक रहेको छ ।

प्रतिक्रिया