काठमाडौं–पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बनाएको नीतिगत जगमा मुलुकभर एकै पटक आधारतभूत अस्तापलको शिलन्यास भएको छ । सोमबार देशभरका तीन सय नौ पालिकामा ५ देखि १५ शैयाका आधारभूत अस्पतालको शिलन्यास गरेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जस लिएका छन् ।
मुलुभरका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन अर्थमन्त्रालयले तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन ५७ अर्ब ९७ करोड रुपैयाँको बजेटको स्रोत सुनिस्चित भएपछि काम अघि बढेको हो । यसको अवधारणा तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले अघि बढाएका थिए । नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । स्वास्थ्य मन्त्री थापा । थापाले बसालेको नीतिगत जगले अहिले मूर्त रुप लिँदैछ ।
त्यतिखेर थापाले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अघि सारे । हरेक जनताले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाओस् भनेर यो अवधारणा अघि सारेका थिए । थापाको पालामा ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएपछि २१ वैशाख २०७४ मा मन्त्रिपरिषद बैठकले त्यसलाई स्वीकृत पनि गरेको थियो ।
भवनको पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका बनाउनुका साथै कुन स्थानीय तहमा कहाँ र कस्तो अस्पताल बनाउने टुंगो लगाएको थियो । बजेट नआउँदै थापा मन्त्रालयबाट विदा भएपछि । त्यसको करिब चार वर्षपछि अहिले कामले मुर्तरुप लिएको छ ।
जग्गा प्राप्त भएका अस्पतालको शिलन्यास भए पनि अन्यमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको स्वाथ्य मन्त्रालयले जनाइएको छ । एकै पटक पालिकामा अस्पताल शिलान्यास गर्नु स्वास्थ्य पूर्वाधार निर्माणमा ठूलो फड्कोको रुमा हेरिएको छ ।