नाइजेरिया- नाइजेरियामा एक सय १० हजदूरको विभत्ष हत्या भएको छ ।
बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् । उनीहरुलाई बाँधेर घाँटी रेटेर हत्या गरिएको समाचार एजेन्सीहरुले जनाएका छन । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा महिला तथा पुरुष दुबै रहेका छन् ।
केहि समूहमा आएका आक्रमणकारीहरुले खेतमै काम गरिरहेका किसानमाथि आक्रमण गरि हत्या गरेका हुन । घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए ।
त्यस्तै ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् ।