अमेरीका- नेपाल युवा डाक्टर रोसन झाको अमेरिकामा निधन भएको छ ।
झाको ३३ वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा गत बुधबार निधन भएको हो । मेडिसिन विषयमा पिजी अध्ययन लागि डा. झा अमेरिका गएका थिए ।सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका अध्यक्ष डा।महेश राज सिग्देलले चिकित्सा क्षेत्रका एक अब्बल व्यक्ति गुमाउनु परेको बताएका छन् ।
डा.झाले धरानबाट एमबिबिएस गरेर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा केही वर्ष काम गरेका थिए । उनको मृत्युको कारण पत्ता नलागे पनि मुटुमा एक्कासी समस्या आएको आशंका गरिएको छ ।
झाको निधनले उनको परिवार भावविहोलमा परेको छ । उनको शवलाई नेपाल ल्याउने तयारी भइरहेको पारिवारीक स्रोतल जनाएको छ ।