कान्छो सिइओ, जसको तलब साढे दुई करोड

काठमाडौं–उनी वाणिज्य बैंकका सबैभन्दा कान्छो प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उमेरले भर्खर ३९ वर्ष पुरा गरेका छन् । एक वर्षमा बैंकबाट तलब,भत्ता, बोनसबाट साढे दुई करोड रुपैयाँ बुझेका छन् । एक वर्षमै यति धेरै तलब सुविधा लिने व्यक्ति हुन्– रोसन कुमार न्यौपाने अर्थात एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत ।

बैंकले सार्वजकि गरेको २३औं वार्षिक प्रतिवेदन अनुसार न्यौपानेको तलबसहित अन्य आम्दानी एक वर्षमा ३७ लाख रुपैयाँ बढेको छ । न्यौपाने एक वर्षमा तलब,सुविधा, भत्ता मात्र १ करोड ८० लाख रुपैयाँ बुझेका छन् । बैंकको नाफाबाट ७० लाख ५९ हजार रुपैयाँ बोनस बुझेका छन् । तलबभत्ताको अतिरिक्त उनले बैंकका अन्य थुप्रै सुविधा पाउँछन् । न्यौपाने सवारी साधन, चालक, बीमा लगायतका सेवा पनि पाउँछन् ।

न्यौपानेले त्यसै यत्रो तलब खाने हैसियतमा पुगेका भने होइनन्् । उनको मेहनत, लगाबले सधैं पहिलो भएका हुन् । आर्टड एकाउन्टेन्ट्स अध्ययन गरेका न्यौपाने बैंकिङ करिअर सुरु गरेको ११वर्षमै बैंकको उच्च पद सिइओ बनेका हुन् ।

बैंक अफ एशिया नेपालमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा छिरेका न्यौपानेले एनआईसीसँग बैंक अफ एशिया मर्ज भएर एनआईसी एशिया बैंक बनेपछि हेड अफ इन्टरनर अडिटमा नियुक्त भएका थिए । त्यसपछि नायव प्रमुख कार्यकारी अधिकृत हुँदै सिइओ भएका हुन् । कडा परिश्रम, स्पष्ट भिजन, कार्यकुशलता टिम वर्क, अध्ययनले यो अवस्थामा पुगेको बताउँछन् ।

प्रतिक्रिया