महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौं–
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिका साधारण सभाबाट निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम आज काठमाडौं एक विशेष समारोहका बीच सम्पन्न भयो ।

सो समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघाई र कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो पद तथा गोपनियताको सपथ लिनु भयो । सो अवसरमा अध्यक्ष शेखर गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको सपथग्रहण गर्नुभयो ।

अध्यक्षको पदभार ग्रहण पश्चात समारोहलाई संवोधन गर्नुहुंदै अग्रजहरुको सपना पुरा गर्ने कार्यमा आफूले दीलो ज्यानले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष गोल्छाले भन्नुभयो– निर्वाचनमा प्यानल, गुट उपयुट भएपनि आजदेखि हामी एक हौ भनेर मैले भनिरहन पर्दैन । एकताको महत्व हामी सवैले बुझेका छौं । निर्वाचनका क्रममा घोचपेच केही थिए भने सवैलाई विसाएर अव समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित गर्नुृहुने विश्वास लिएको छु ।
उहांले अगाडी भयो–मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउन तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको छु । तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु । संगसंगै दिगो र दरिलो अर्थात रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारका योजना तयार भएको छ । आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरि तत्काल कार्यान्वयनमा लाने मेरो योजना छ ।

त्यसअघि निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष गोल्छालाई अध्यक्षको पीन र अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष राणालाई निवर्तमान पदको पीन लगाई दिनु भयो ।
कार्यक्रमलाई संवोधनका क्रममा निवर्तमान अध्यक्ष राणाले महासंघमा अध्यक्षको रुपमा रहेर तीन वर्ष र केही महिना सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निवर्तमान अध्यक्षको रुपमा रहेर आफूले सकेको सहयोग गर्ने विश्वास दिलाउनु भयो । निवर्तमान अध्यक्ष राणाले अर्थतन्त्रको विकास र निजी क्षेत्रको प्रभावकारी भूमिका बढाउन नयां टिम सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृतले अध्यक्ष, पदाधिकारी र कार्यकारिणी समितिलाई प्रमाणपत्र पनि वितरण गर्नुभयो ।

प्रतिक्रिया