युनाइटेड इदि मर्दिको आइपिओ बाँडफाँड आज बेलुकी ४ बजे हुने

काठमाण्डौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आइपिओ आइतवार बेलुकी ४ बजे बाँडफाँड हुने भएको छ ।

वित्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार आज ४ बजे आइपिओ बाँडफाँड हुने भएको हो । क्यापिटलको कार्यालय जमलमा एक कार्यक्रमका विच बाँडफाँड गरिने छ ।

कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जना आवेदकबाट ९४ लाख ९८ हजार ४०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। इो सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ११।६८ गुणा धेरै हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय