बैंकसहित तीन कम्पनीको भोली बुक क्लोज हुने,आज लगानी गर्न सकिने

काठमाडौं–बैंक, जलविद्युत, सावंजनिक संस्थामा लगानी गर्ने चाहाना भएका लगानीकर्ताले आज लगानी गर्न सक्छन् । सोमबारदेखि बुक क्लोज हुने भएकाले लगानी गर्ने अवसर छ ।

लाभांश सुरक्षित गर्नका लागि आज शेयर खरिद गर्न सक्नेछन् । कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ्गको गत वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । ती तीन संस्थाको साधारण सभा तथा लाभांश वितरण गर्नकालागि भोलि (सोमबार) बुक क्लोज हुँदैछ ।

आइतबारसम्म कारोबार भई नेप्सेमा शेयरधनीको रुपमा सुचिकृत भएकाले मात्र कम्पनीको लाभांश पाउनेछन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ३५ प्रतिशत लाभांश वितरण गर्दैछ । १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर वितरण गर्ने कर्पोरेशनको प्रस्ताव छ । लाभांश प्रस्ताव पारित गर्न मंसिर ३० गते कर्पोरेशनले साधारण सभा गर्ने निर्णय गरेको छ । त्यसैगरी, कुमारी बैंकले १४ प्रतिशत लाभांश वितरण गर्न साधारण सभा बोलाएको छ । गत वर्षको आम्दानीबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, रिडी हाइड्रोपावर ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर बापतको ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि रिडीले मंसिर २६मा साधारण सभा डाकेको छ ।

प्रतिक्रिया