उद्योग वाणिज्य महासंघको भोटिङ सकियो, मतगणना आजै हुने

काठमाडौं— निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सतप्रतिशत मतदान भएको छ । जिल्लारनगरमा एक सय पाँच, एसोसिएटमा नौ सय चार, वस्तुगतमा एक सय एक जनाले मतदान गरेका छन् ।

तीन ठाउँमा मतदान भएको भए पनि आज साँझबाट नै प्रज्ञा प्रतिष्ठान कमलादीमा मतगणना सुरु गर्ने महासंघको निर्वाचन समितिले जनाएको छ । परिणाम रातिबाट नै आउन सुरु गर्ने बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । त्यसैगरी, ढकालका प्यानलबाट वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएटबाट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला,नगर उपाध्यक्षबाट गुणनिधी तिवारी प्रतिस्पर्धामा छन् । त्यसैगरी, प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

महासंघको विभिन्न पदमा एक सय २७ जना चुनावी मैदानमा छन् छन् । जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना उम्मेदवार छन् ।

प्रतिक्रिया