उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु, तीन स्थानमा मतदान हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज विहान ८ बजेबाट मतदान सुरु भएको हो । जिल्ला, नगरका प्रतिनिधिले कमलास्थित प्रज्ञा प्रस्थिान, एसोसिएटले कार्की ब्याङ्केट थापाथली र बस्तुगतले महासंघको कार्यालयमा मतदान गरिहेका छन् । मतदान ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द प्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी उम्मेदवार रहेका छन् । त्यसैगरी, प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार छन् । महासंघको विभिन्न पदमा १ सय २७ जना चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया