एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको आइपिओ बिक्री खुल्यो

काठमाण्डौ-एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्ग सञ्चालन हुने डाइनामिक डेब्ट फन्डको मंसिर १२ गते शुक्रवारबाट आइपिओ खुलेको छ ।

इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुल्ला गरेको हो। यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई एक करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउनेछन्।

यस खुलामुखी योजनामा छिटोमा मंसिर १६ गते सम्ममा आबेदन गरीसक्नु पर्नेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ।

यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाई सम्म आबेदन दिन सकिनेछ।

प्रतिक्रिया