बर्डफ्लु रोग नियन्त्रण गर्न कृषि मन्त्रालय बागमतीको सक्रियता

मकवानपुर– बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण देखिए पछि त्यसको नियन्त्रण गर्न कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशले सक्रियता देखाएको छ ।  रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालिन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।


काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु रोगको संक्रमण देखिए पछि सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।  बर्डफ्लुका कारण हालसम्म तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको मन्त्रालयले जनाएको छ । बर्डफ्लुको संक्रमण देखिएका स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पंक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको छ । संक्रमण देखिएका स्थानमा पूर्णरुपमा निसंक्रमणका कार्यहरु गरिएको र अन्यत्र फैलन नदिन नमूना संकलन र निगरानीका कार्यहरु भइरहेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बताए ।


नेपालमा पहिलो पटक सन् २००९ मा बर्डफ्लु रोग देखा परेको थियो ।  बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि बागमती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न मन्त्रालयले भनेको छ । संक्रमण फैलिन नदिन पन्छीहरुको आवतजावत नियमनको लागि नेपाल प्रहरीसँग समन्वय गरिएको छ ।  कृषकहरुलाई बर्डफ्लु रोगको छिटो सूचना प्रवाह गर्ने कार्य सहजीकरण गर्नको लागि टोल–फ्रि नम्बरको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण गर्न निम्नानुसारका पहलहरु गरिएको छ ः
१)    बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि बागमती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न पत्राचार गरिएको छ ।
२)    बर्डफ्लु रोग छिटो निदानको लागि ब्खष्बल क्ष्लागिभलशब च्बउष्म त्भकत प्ष्त बाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट परिक्षण गर्ने व्यवस्था मिलाईएको छ ।
३)    संक्रमण फैलिन नदिन पन्छीहरुको आवतजावत नियमनको लागि नेपाल प्रहरीसँग समन्वय गरिएको छ। पन्छीपालक व्यवसायीहरुले पन्छी ढुवानी गर्दा ख्भतभचष्लबचथ जभबतिज अभचतषष्अबतभ  चेकजाँचलाई कडाई गर्ने र ढुवानी गर्दा च्बउष्म मष्बनलयकतष्अ तभकत (च्म्त्) चभउयचत अनिवार्य गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ ।
४)    बागमती प्रदेश भित्र बर्डफ्लु रोग नियन्त्रणको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग छलफल भईरहेको छ।
५)    कृषकहरुलाई बर्डफ्लु रोगको छिटो सूचना प्रवाह गर्ने कार्य सहजीकरण गर्नको लागि टोल–फ्रि नम्बरको व्यवस्था गर्ने प्रक्रिया अघि बढाईएको छ।
६)    रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालिन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।
७)    बर्डफ्लु रोग सम्बन्धी जनचेतनामूलक सामाग्रीहरु सञ्चार माध्यमहरुबाट प्रचार–प्रसार गरिएको छ । 
८)    बर्डफ्लु नियन्त्रणको लागि संघिय सरकार र स्थानीय तहसँग समन्वय गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु आपतकालिन रोग अन्वेषण (भ्mभचनभलअथ म्ष्कभबकभ क्ष्लखभकतष्नबतष्यल) र संक्रमित  पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामाग्रीहरु हटाउने वा नष्ट गर्ने (क्तबmउष्लन यगत) जस्ता कार्यहरुमा खटिएका छन्।
९)    बर्डफ्लु रोग नियन्त्रणको लागि जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समितिको वैठक गरि अन्तर निकाय समन्वय गरिएको छ ।
१०)    बर्डफ्लु रोग नियन्त्रण बारे बर्डफ्लु जोखिमयुक्त र संक्रमित जिल्ला अन्तरगतका स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गर्न अन्तरक्रिया कार्यक्रमहरु तिब्र रुपमा सञ्चालन भईरहेको छ।
अझै पनि यस रोगको संक्रमण फैँलदो क्रममा रहेको हुनाले निम्नानुसारका कुराहरुमा ध्यान दिई रोग नियन्त्रणको कार्यमा सहयोग गर्नहुन सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गर्दछौं ।

  • आफ्नो फार्ममा जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नहुन, 
  • आफुले पालेका हाँस, कुखुरा तथा अन्य पन्छीलाई जंगली तथा बाहिरी चराचुरुङ्गीको सम्पर्कमा आउन नदिन खुल्ला रुपमा पन्छीपालनलाई निरुत्साहित गर्न÷गराउनुहुन,
  • पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा अनिर्वाय रुपमा स्वास्थ्य परिक्षण गराई स्वस्थ पन्छी तथा पन्छीजन्य पदार्थको भेटेरिनरी प्रमाणपत्र लिई ओसारपोसार गर्न÷गराउनु हुन,
  • पन्छी ढुवानी गरिसके पछि सवारी साधन अनिवार्य रुपमा सरसफाई तथा निःसंक्रमण गर्नहुन,
  •   फार्म परिसर नियमित रूपमा निःसंक्रमण गर्नहुन तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनहुन,
  • कुनै पनि पन्छी फार्म वा बिक्रिस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा÷भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र÷पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय वा यस मन्त्रालयमा सूचना गरिदिनहुन अनुरोध छ ।

प्रतिक्रिया