भारतद्वारा पाकिस्तानमाथि मिसाइल आक्रमण

भारत सरकारले केही बेरअघि वक्तव्य जारी गर्दै “अप्रेशन सिन्धूर” सुरु गरिएको जानकारी दिएको छ।

भारत सरकारको वक्तव्यमा भनिएको छ, “यस अप्रेशनमा पाकिस्तान र पाकिस्तानको कब्जामा रहेको कश्मीरस्थित आतंककारी संरचनालाई लक्षित गरिएको छ, जहाँबाट भारतमाथि आतंककारी हमलाहरूको योजना बनाइएको थियो र ती योजनाहरूलाई कार्यान्वयन गरिएको थियो।”

वक्तव्यमा थप भनिएको छ कि “जम्मा नौवटा ठेगानाहरूलाई निशाना बनाइएको छ।”

अर्कोतर्फ, पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीनवटा स्थानमा मिसाइल आक्रमण गरेको जानकारी दिएको छ।

रॉयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रमा भीषण गोलीबारी र तीव्र विस्फोटका रिपोर्टहरू पनि आएका छन्। बीबीसी 

प्रतिक्रिया