आयान न्यौपानेको उत्कृष्ट शब्द र संगीतमा 'तिम्रो पाइला'

काठमाडौँ — युवा सर्जक आयान न्यौपानेको शब्द तथा संगीतमा आधारित नयाँ गीत ‘तिम्रो पाइला’ सार्वजनिक भएको छ। माया र प्रेममा आधारित यस गीतले प्रेममा विछोड भएको जोडीको मनोभावनालाई कथा बनाएर प्रस्तुत गरेको छ।

आयानले गीतमा शब्द र संगीत दुवैमा विशेष मेहनत गरेका छन्। भावनात्मक पक्षलाई सशक्त ढंगले उजागर गर्ने गीतमा गायिका देवी घर्ती र गायक विज्ञान न्यौपानेको आवाज छ।

गीतको संगीत संयोजन विश्व नेपालले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन निशान बानीयाले गरेका छन्। भिडियोमा यशु भट्टराई, शिशिर पौडेल र सफल सापकोटाले अभिनय गरेका छन्।

‘तिम्रो पाइला’ गीतले श्रोताहरूलाई गहिरो भावनात्मक स्पर्श दिने विश्वास गरिएको छ।

 

प्रतिक्रिया