नेपाल लाइफ इन्स्योरेन्सका अधिकांश सूचक अग्रस्थानमा

 

काठमाडौं– मुलुकको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शेयर बजारमा सूचीकृत इन्स्योरेन्स कम्पनी मध्ये अग्रस्थानमा रहेको छ ।

जीवन बीमा कम्पनीको सेयर बजारमा पूँजीकरण, चुक्ता पुँजी, खुद बीमा शुल्क, जगेडा कोष, जीवन बीमा कोष, नेटवर्थ लगायत अधिकांश सूचकमा नेपाल लाइफ अघि रहेको छ ।

चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको नेपाल लाइफ समग्र शेयर बजार पुँजीकरणमा तेस्रो भए पनि बीमा कम्पनीहरुमा प्रथम स्थानमा रहेको छ ।

नबिल बैंकलाई पछि पार्दै नेपाल लाइफ बजार पुँजीकरणको तेस्रो स्थानमा पुगेको हो । नेपाल लाइफको बजार पुँजीकरण बढेर ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । नेपाल लाइफले नबिललाई पनि उछिनेको छ ।

बजार पुँजीकरको पहिलो स्थानमा नेपाल टेलिकम र दोस्रो स्थानमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।
यता जीवन बीमा कम्पनीमा नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अधिकांश सूचकमा अग्रस्थानमा रहेको छ ।

नेप्सेमा सूचीकृत आठ जीवन बीमा कम्पनीहरुले चालू आवको असोजसम्म ७९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले तीन महिनामा २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल लाइफको चुक्ता पूँजी सबैभन्दा धेरै ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत ८ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल २१ अर्ब ५४ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क मध्ये नेपाल लाइफको मात्र ८ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफको सबैभन्दा धेरै २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल लाइफको जगेडा कोषमा ३ अर्ब ६६ करोड र जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ । नेपाल लाइफको प्रतिशेयर नेटवर्थ सबै भन्दा धेरै रहेको छ ।

 

प्रतिक्रिया