नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै, कुन कम्पनीको नाफा कति ?

 

काठमाडौं–कोभिडले अधिकांश व्यवसायमा असर पु¥याएको भए पनि इन्स्योरेन्स व्यवसाय भने तुलनात्मक रुपमा फस्टाएको छ ।
पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक असोजसम्मको वित्तीय विवरण अनुसार अधिकांश बीमा कम्पनीहरुले नाफा वृद्धि गरेका छन् ।

बीमा कम्पनी मध्ये चालु आर्थिक वर्ष ०७७÷७८को पहिलो त्रैमासिकमा सबैभन्दा धेरै नाफा कमाउन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सफल भएको छ ।

चालू आर्थिक वर्षको असोजसम्म नेपाल लाइफको खुद नाफा २२ करोड ९० लाख रुपैयाँ पुगेको छ । पोहोर सोही अवधिमा नेपाल लाइफको खुदनाफा २० करोड ४४ लाख रुपैयाँ रहेको छ । त्रैमासिकमा पोहोर भन्दा करिब साढे दुई करोढ रुपैयाँ नाफा बढाएको छ । नेपाल लाइफले पोहोरको तुलनामा खुद नाफा १२ प्रतिशत बढाएको छ ।

त्यसैगरी, एलआईसी नेपाल लिमिटेडले ५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । पोहोरको तुलनामा यो वर्ष एलआईसी नेपालले नाफा १४४.६४ प्रतिशतले बढाएको छ । पोहोर सोही अवधिमा एलआइसीको नाफा २ करोड ३६ लाख रुपैयाँ मात्र थियो ।

प्रतिक्रिया