काठमाडौं—रेमिटेन्स सेवा प्रदायक कम्पनी जिएमईले आफ्नो सञ्जाललाई विश्वव्यापी बनाउँदै अघि बढको छ । विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स ल्याउँदै आएको जिएमईले हङकङबाट पनि रेमिटेन्स ल्याउन सुरु गरेको छ ।
हङकङको ख्यातिप्राप्त रेमिटेन्स कम्पनी केएमइ रेमिटान्स र जिएमइ रेमिटबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ । जिएमइ रेमिटका तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत दिवाकर पौडेल र केएमइ रेमिटेन्स लिमिटेडको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
अब हङकङमा रहेका नेपालीले जिएमईमार्फत घरमा रकम पठाउन सक्नेछन् । जिएमइ रेमिटसँग आबद्ध १० हजारभन्दा बढी एजेन्टबाट नेपालको जुनसुकै ठाउँमा सजिलै नगद भुक्तानी लिन सक्नेछन् । नेपालको जुनसुकै बैंकको खातामा आउने तुरुन्त रकम झिक्न मिल्नेगरी जम्मा गर्न सकिने साथै मोबाइल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।