प्रधानमन्त्री विरुद्धको आरोप फिर्ता लिन प्रचण्डलाई शंकर पोखरेलको आग्रह

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाएपछि नेताहरुबीच जुहारी सुरु भएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डले लेखेको जवाफी पत्रको आरोप फिर्ता लिन नेकपाका नेता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले आग्रह गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले अध्यक्ष प्रचण्डले पेस गरेको एकल प्रस्ताव फिर्ता लिन माग गरेका हुन् ।

पोखरलले कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेको बताएका छन् ।

पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको भन्दै पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन अनुरोध गरेका छन् । दुई अध्यक्षबीच आरोप प्रत्यारोप चलेपछि दोस्रो बरियताका नेताले आफ्नो समूहको बचाउनमा लागेका छन् ।

प्रतिक्रिया