भारतको सहयोगमा आइसिपी निर्माण सुरु

काठमाडौं– भन्सार तथा अध्यागमन सुविधालाई एकै ठाउँमा ल्याएर दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण सुरु गरिएको छ ।

दुई अर्ब ३५ करोड रुपैयाँ (१४७.१२ करोड भारु) लागतमा निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विहीवार अनलाइन मार्फत आइसीपी निर्माण शुभारम्भ गरेका हुन् ।

नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र १६ मा ६१.५ हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको हो ।रुपैडिहामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै किसिमको संरचना भारत तर्फ निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया