कात्तिक २९ गतेदेखि तीन दिन बैंकहरु बन्द हुने

काठमाण्डौ – नेपालीहरुको महानपर्व शुभदिपालीको अवसरमा तीन दिन बैंकहरु बन्दहुने भएका छन ।

नेपाल बैकंर्स संघका अनुसार तीहारको अवसरमा कात्तिक २९ गते देखि मंसिर १ गते सम्म बैकहरु बन्द रहने छ । बैकका शाखाहरु बन्द भए पनि डिजिटल माध्यमबाट भने कारोवार गर्न सकिने छ ।

संघले मंगलबार एक विज्ञप्ती जारी गर्दै तिहारको अवसरमा तीन दिन बैकका शाखाहरु बन्द हुने जनाएको हो । शाखा बाहेक अन्य सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने संघको भनाइ छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको उल्लेख गर्दे हालसम्म ६००० भन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको जनाएको छ ।

प्रतिक्रिया