नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य एक हजार माथि ,आज पनि खरिद बिक्रीमा चाप

काठमाण्डौ- नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य एक हजार माथी पुगेको छ । एक साता अघि ८ सय ५० को आसपास रहेको शेयर मुल्यमा एक्कासी उछाल आएको हो ।

यस भन्दा पहिला पनि यो कम्पनीको शेयर हजार नजिक पुगेको थियो तर हजार पार गर्न सकेको थिएन । अहिले भने उच्च खरिद चाप सहित कम्पनीको शेयर मुल्यमा उछाल आएको छ ।

यो कम्पनीको शेयर मुल्यले आज प्रिओपनीङ सेसनमा करिव ४ प्रतिशको मूल्य बृद्धि सँगै एक हजारको आँकणा पार गरेको हो । रिइन्स्योरेन्सको शेयरमा पछिल्लो केहि दिन यहाँ उच्च खरिद विक्रि चाप पनि पदैै आएको छ ।

आइपिओ सार्वजनिक गरेर शेयर मुल्यमा उचाल आएको यो पहिलो कम्पनी हो । गत बर्ष यो कम्पनीले सर्वसाधारणको लागी साधारण शेयर निस्कासन गरेको थियो । जानकारले बताए अनुसार यो शेयरको मुल्य अझ बढ्न सक्ने अनुमान छ ।

प्रतिक्रिया