सहकारी बैंकद्वारा सहकारीलाई सम्मान

फिदिम– राष्ट्रिय सहकारी बैंक लिमिटेड, ताप्लेजुङ फिदिम शाखाले गत आर्थिक वर्ष शाखा अन्तर्गत उत्कृष्ट कारोबार गर्ने दुई सहकारीलाई सम्मान गरेको छ । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लि. र कञ्चनजङ्जा बचत तथा ऋण सहकारी संस्था लि सम्मानित भएका छन् । ती संस्थालाई राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सम्मान पत्र प्रदान गरेकी थिईन् ।

शाखा कार्यालयमा सबैभन्दा बढि १ करोड २२ लाख रुपैइाँ शेयर खरिद गर्न सफल ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लि. र नियमित तर्फ कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि. फिदिम पाँचथरलाई सम्मान पत्र वितरण गरेको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मल्लले अन्तराष्ट्रिय सहकारी मापदण्ड सहित नेपालमा स्थानीय, प्रदेश र संघिय तहमा सहकारी अभियानको क्षेत्रगत आधारहरु के कस्तो रहेको छ र नियमनको अख्तियार के कसरी केन्द्रीत वा विकेन्द्रीत भएको छ ? भन्ने कुराहरु समेत स्पष्ट पारेकी थिइन् ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्वाङ, प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद अधिकारी, जिल्ला सहकारी संघ पाँचथरका महेन्द्र प्रसाद लुईटेलले मन्तव्य राखेका थिए ।

स्थानीय सरकारलाई समेत बैंकमा आवद्ध गराउने नीति अनुरुप पाँचथर जिल्ला फिदिम नगरपालिकाले पनि बैंकमा आवद्धताको लागि. ५ लाख बराबरको शेयर खरिद गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया