कृषि मन्त्री भुसाल ज्यू, उखु किसानले सवा अर्ब भुक्तानी कहिले पाउँछन् ?

काठमाडौं–सरकार बाहिर छँदा आफ्नै सरकार भए पनि जनता पक्षमा आवाज उठाएर प्रशंसा बटुल्ने गरेका नेकपाका नेता घनश्याम भुसाल आफै कृषि तथा पशुपक्षी विकास मन्त्री भए । भुसाल मन्त्री भएपछि आम किसान उत्साहित थिए । अब कृषि क्षेत्रका समस्या समााधन हुन्छन् ।

भुसाल मन्त्री भए पनि किसानका गुनासा सम्बोधन हुन सकेका छैनन् । धान रोप्ने र गोड्ने बेला किसानले मल पाएनन् । अहिले उखु किसान पनि थप पीडामा छन् । किसानले उखु बेचे बापतको करिब सवा अर्ब रुपैयाँ पाउन सकेका छैनन् । विगतका वर्ष देखि चिनी उद्योगीलाई उखु किसानले आठ उद्योगबाट एक अर्ब २० करोड रुपैयाँ भुक्तानी पाउन छ ।

किसानको रकम भुक्तानी गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण गर्नुपर्छ । ६ वर्षदेखिको बक्यौता रकममा नपाएपछि किसानले राजधानीमा आएर मन्त्रीलाई ज्ञापन पत्र बुझाएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पोहोर सरकारले रकम भुक्तानी गर्न पहल गर्न आश्वासन दिए पनि अहिलेसम्म रकम पाएका छैनन् । छठ पर्वअघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए छठपछि मंसिर २७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उखु बिक्री गरेको रकम नपाउँदा किसान समस्यामा परेको उखु किसान राकेश मिश्रले बताए । सर्लाहीको अन्नपूर्ण सुगर मिलले २५ करोड, महालक्ष्मीले ६ करोड र बागमती खाँडसारीले ५ करोड बक्यौता तिर्न बाँकी छ। यस्तै रौतहटको श्रीराम सुगर मिलले ४० करोड, नवलपरासीको लुम्बिनीले २९ करोड र इन्दिराले ११ करोड, महोत्तरीको एभरेष्टले २ करोड र सुनसरीको इस्टर्न सुगर मिलले १ करोड ७५ लाख भुक्तानी दिएका छैनन् । त्यसैगरी, श्रीरामले ३५ करोड, लुम्बिनीले ८ करोड ४१ लाख ४१ हजार, इन्दिराले ४ करोड ७० लाख १३ हजार, अन्नपूर्णले १७ करोड, बागमती खाँडसारीले ३४ लाख र महालक्ष्मीले २० लाख भुक्तानी दिएका छैनन् ।

प्रतिक्रिया