मिर्गौला फेरे पछि मेरा जुँगा काला भए,जोश बढेको छ – प्रधानमन्त्री ओली

काठमाण्डौ – नेकपा भित्र विवाद चुलिदै गइरहेका बेला पाटी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ट नेता माधवकुमार नेपाललाइ सहकार्यको लागी अनुरोध गर्नुभएको छ ।

अर्का अध्यक्ष दाहालसहित पाँच नेताहरुले छलफलले सचिवालय बैठक राख्न अनुरोध सहितको पत्र बुझाए पछि ओलीको यस्तो प्रतिक्रिया आएको हो । अहिलेको परिस्थितिमा ओली नेपालको भेटलाई अर्थपुर्णरुपमा हेरिएको छ ।

बालुवाटारमा ओली र नेपाल विच करिव एक घण्टा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा कुराकानी भएको थियो । साथै उहाँले आफ्नो मिगौंला प्रत्यारोपणपछि झनै जोश बढेर गएको साथै जुँगा पनि कालो हुन थालेको बताउनु भयो । भेटमा वरिष्ठ नेता नेपालले भने फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

सचिवालय बैठक बोलाउने विषयलाई लिएर अहिले नेकपा भित्र विवाद सिर्जना भएको छ । प्रचण्डसहितका नेताहरुले पाटी निर्णय विपरित ओलीले सरकार चलाएको बताउदै आएका छन ।

प्रतिक्रिया