अमेरिकाको राष्ट्रपतिमा बाइडेन विजयी भए पछि युवा नेता गगन थापाको प्रतिक्रिया यस्तो छ

काठमाडौं–अमेरिकाको राष्ट्रपति चुनावको पूर्ण नतिजा आउन केही समय लाग्नेछ । निर्वाचनबाट जो बाइडेन विजयी हुने निस्चित भएको छ । अमेरिकाका राष्ट्रपति बन्न आवश्यक मत वाइडेनले पाइसकेका छन् ।

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति विजयी भएका छन् । वाइडेन विजयी भए सँगै धेरै ठाँउहरुबाट शुभकामना सन्देशहरु आइरहेका छन् ।

यसै क्रममा नेपाली काँग्रेसका युवा नेपा गगन थापाले पनि चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र,सहकार्य र बहुँपक्षीयता तर्फ अघि बढाएको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् – यो नतिजाले हाम्रो घर भित्रका र अन्य तिरका पनि अनुदार,जिङ्गोइस्टिक,र आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्नेछ ।

प्रतिक्रिया