कर्णालीका मुख्यमन्त्री शाहीको हेलिकप्टरबाट उद्धार

सुर्खेत—दुर्घटनामा परी घाइते भएका कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घोडाबाट लडेर घाइते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

हुम्ला सदरमुकामबाट सिमकोट गाउँपालिका–३, तोर्पा बरगाउँ हुँदै लिमाटाङ जानेक्रममा घोडाबाट लडेर शाही घाइते भएका थिए ।

मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिएर भाग्नेक्रममा शाही लडेको सचिवलायले जनाएको छ । घाइते शाहीलाई हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत प्रादेशिक अस्पताल ल्याइएको छ । उनको अवस्था समान्य रहेको शाहीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया