सुदूरपश्चिमबाट महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाललाई साथ

काठमाडौं– नेपाल उद्योग वाणिज्यम महासंघको निर्वाचनमा अकांक्षीहरु चुनावी प्रचारमा जुटेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र प्रसाद ढकालसहितको टोली सुदुरपश्चिम पुगेको छ ।
कैलालीको धनगढीमा आयोजित कार्यक्रमा ३० भन्दाबढी जिल्लाका नगर अध्यक्षहरुले ढकाललाई सघाउने प्रतिवद्धता जनाएका छन् । जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकाल प्यानललाई सघाउने बताए ।

चुनावी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले जिल्ला नगरका समस्या संबोधनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई निर्विकल्प जिताउनु पर्ने बताउनुभयो । ‘अहिले केही साथीहरु महासंघभित्र शुद्धीकरण र शुदृढीकरण जस्ता नारा लिएर चुनावी मैदानमा होमिएका छन्,’ उनले अहिलेका महासंघका नेतृत्वप्रति इंगित गर्दै भने, “आफु अशुद्ध हुने जिल्लानगरका साथीहरुलाई समस्या पर्दा फोन नउठाउने, स्वीच अफ गर्ने अनि अहिले शुद्धीकरणको नारा लिएर हिड्ने ?”

कार्यक्रममा उपस्थित ३० जिल्ला भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसाय देखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको ढकाललाई सघाउने बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसको लागि तयार रहेको बताउनुभयो । “कार्यक्रममा मैले यहाँहरुका गुनासाहरु सुने धेरैलाई जिताएर पठायौं तर हाम्रा समस्या सम्बोधन भएन भन्नुभयो” ढकालले भन्नुभयो, ‘मेरो आफ्नै पनि ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको छ । तसर्थ, मलाई जिताएर पठाउनुस तपाईहरुसँग हातेमालो गर्दै समस्या समाधानका लागि सारथीको रुपमा अघि बढ्नेछु ।’

आफुले पनि जिल्लास्तरमा शून्यबाट व्यापार व्यवसाय सुरु गर्दै अहिले एक कर्पोरेट हाउसको रुपमा स्थापित हुन सफल भएको जानकारी दिँदै सो क्रममा आफुलाई जिल्ला नगरका साथीहरुको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अब जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गर्नुभएको थियो ।

‘अहिले पनि महासंघको विधानमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उहाँले भन्नुभयो, ‘अबका दिनमा जिल्लानगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’

कार्यक्रममा विभिन्न ३० जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षका साथै कर्णाली प्रदेशकै राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना, वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादूर चन्द, कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादूर मल्ल, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादूर भण्डारी लगायतले
सघाउने बताए ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य डिवी वस्नेत तथा महासंघका कोषाध्यक्ष निरक केसीले समेत अहिलेको अवस्थामा सबै पक्षको मिश्रण भएको समावेशी टीम ढकाल प्यानल रहेको भन्दै मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादूर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादूर रोकाया, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादूर खड्का, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादूर चौधरी, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार, चन्द्रौटा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेद अलि, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, गैडाकोट उद्योग वाणिज्य संघमा अध्यक्ष अमृत भट्टचन, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्धबहादूर खत्री, थाहानगर उद्योग वणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायत ३० भन्दा बढी जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया