हास्य कलाकार मनोज गजुरेलको अबस्था गम्भीर,आईसियुमा उपचार हुँदै

हास्य कलाकार मनोज गजुरेलको अबस्था गम्भीर भएको छ । उनको आइसियुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

अबस्था जटिल बने पछि लम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनको उपचार भइरहेको छ ।

संक्रमण पुष्टी भए पछि उनी घरमै आइसोलेसनमा बसेका थिए तर बुधवारबाट उनको स्वास्थ्यमा समस्या आइ पछि अस्पताल भर्ना गरिएको हो । गजुरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत आफु संक्रमण भएको जानकारी दिनु भएको थियो ।

उनको शुभचिन्तहरुले स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालहरुमा शुबेक्षा ब्यक्त गरेका छन ।

प्रतिक्रिया