पदिय मर्यादा विपरित राष्ट्रपति सक्रिय

काठमाडौं–नेकपा भित्र आन्तरिक कलह चर्किँदै जाँदा राष्ट्रपति कार्यालयको सक्रियता बढ्न थालेको छ । आम नागरिकको संरक्षक भए पनि पदीय मर्यादा विपरित राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी हुन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै आड भरोसामा दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलार्य दुई पटक राष्ट्रपति बनाएको गुन तिर्नका लागि प्रधानमन्त्री ओलीको सत्ता संकटमा पर्दा सक्रियता बढाउने गरेकी छिन् ।

नेकपाबाट राष्ट्रपति निर्वाचन भएको भए पनि आम नागरिकले अनुभुती गर्ने गरी राष्ट्रपतिले पार्टी भित्र प्रभावित गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । पछिल्लो पटक नेकपामा प्रधानमन्त्री केपी ओलीको विरुद्धमा अर्का अध्यक्ष पुष्पकलम दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले घेराबन्दी गरे पछि ओलीको सत्तासंकट टार्नका लागि राष्ट्रपति भण्डारी नेताहरुलाई फकाउने र धम्काउने गर्न थालेकी छिन् ।

पछिल्लो पटक प्रधानमन्त्री ओली सचिवलायमा अल्पमतमा परे पछि राष्ट्रपतिले नेकपाका सचिवालय सदस्य बामदेव गौतम र बामदेव गौतमलाई फकाउने र धुमाउरो रुपमा धम्काउने काम गरेकी छिन् । नेकपाबाटै राष्ट्रपति भएकीले बाहिर नआउने गरी मिलाउन भूमिका खेल्नु स्वभाविक भए पनि आम रुपमा आलोचना हुने गरी राष्ट्रपतिको सक्रियता हुनु पदीय मर्यादा विपरितको काम भएको भन्दै राजनीतिक विश्लेषकले आलोचना गरेका छन् ।

भण्डारीको मंगलबार नेकपाका उपाध्यक्ष वामदेव गौतम र बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादललाई शितल निवासमा भेटेका समाचार बाहिरिए पछि उनको आलोचना भएको हो । राष्ट्रपति भण्डारीले विगतमा ओलीलाई अप्ठयारो पर्दा बोलाएर सम्झाउने गर्दै आकी छिन् ।
प्रधानमन्त्रीले पार्टीको विधिविधान मिचेर एकलौटी ढंगले निर्णय गर्दै आए पनि उनकले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाललाई पनि घुमाउरो ढंगले दबाब दिँदै आएकी छिन् ।

प्रतिक्रिया